बुवा पारस शाहले गरेको लफडाबारे छोरी कीर्तिकाले गरिन यस्तो ट्वीट

काठमाडौँ । पूर्वयुवराज पारस शाहले शुक्रबार साँझ हेल्मेट नलगाएर मोटरसाइकल चलाएपछि ट्राफिक प्रहरीले रोक्न खोज्दा लफडा गरे।

जिब्रो लरबरिएको आवजमा उनले प्रहरीलाई तँ भनेका थिए। र प्रहरीले सम्झाएर उनलाई पठाउन खोज्दै जान्न जान्न भन्दै उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेका थिए।

Advertisement

यो विषयमा पारसकी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छन्।

उनले प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। उनले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

शुक्रबार साँझ हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले समातेको थियो।

पारसले त्यसक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको सार्वजनिक भएको भिडियोमा सुन्न सकिन्छ।

शाह समर्थकसहित देखिएका थिए। भिडियोमा एक जना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ। तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका थिए।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई एक पटकका लागि ‘सम्झाएर’ छोडिएको छ।

पूर्वयुवराज शाहले ड्युटिमा खटिएका प्रहरीमाथि गरेको दुव्र्यवहारका बारेमा सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसै क्रममा पूर्वयुवराज शाहकी छोरी कीर्तिकाले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया जनाएकी हुन्।

More News last news
Loading...