जसपा संसदीय दलको बैठक शुरू, दलको नेता चयन गरिँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक शुरू भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबाञर बसेको बैठकले संसदीय दलको नेता चयन गर्ने बताइएको छ।

Advertisement

निर्वाचन समितिद्वारा निर्वाचन तालिकासहित विधि र प्रक्रिया सार्वजनिक गरेको छ।

शुरूमा सर्वसम्मतिले दलको नेता चयनको प्रयास गर्ने तर सहमति नजुटे निर्वाचनमार्फत् दलको नेता चयन गर्ने जसपाले जनाएको छ।

दलको बैठकमा २१ जना संघीय सांसदको उपस्थिति छ।

More News last news
Loading...