काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेका छन्। सिंहदरबारमा बिहीबार बिहान प्रधानमन्त्री देउवाले पौडेललाई सपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्रीबाट सपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरुलाई सपथ ग्रहण गराएका छन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पौडेललाई र सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बुलाई नियुक्त गरेको थियो।
सपथपछि उपाध्यक्षमा पौडेल तथा सदस्यद्वय फुयाँल र लिम्बुले आजै पदभार पनि ग्रहण गरेका छन्। राष्ट्रिय योजना आयोग देशको विकास योजना तथा नीति तर्जुमामा सल्लाह दिने उपल्लो निकाय हो ।
यसको अध्यक्षता प्रधानमन्त्रीले गर्दछन्। आयोगमा एक जना पूर्णकालीन उपाध्यक्ष, आठ जना सदस्यहरू र एक जना सदस्य सचिव रहने व्यवस्था छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
