मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने गठबन्धनको निर्णय

काठमाडौं । सत्तागठबन्धनको बैठकले मन्त्रिपरिषदलाई छिट्टै विस्तार गर्ने सहमति जुटाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने सहमति भएको हो।

कांग्रेस सभापति देउवा नेतृत्वको सरकारमा अहिले ५ जना मन्त्री रहेका छन् । बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ।

Advertisement

यस्तै, प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ।

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार गठबन्धनबाट सरकारका न्युनतम कार्यक्रम ल्याउनेबारे पनि आज कुराकानी भएको छ।

बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

यस्तै, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए।

More News last news
Loading...