गुल्मी । गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। बुधबार मध्याह्न मुसीकोट नगरपालिका–४ स्थित दोभानमा जीप दुर्घटना भएको हो।
गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु१ज ४५५९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार मृतकको सनाखत हुन सकेको छैन। अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
कुटपिट पछि युवकको हत्या गरेको आरोपमा ४ पक्राउ
धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन्। सहिदनगर नगरपालिका ३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको हत्या आरोपमा चार जना पक्राउ परेका हुन्।
कुटपिटबाट घाइते भएका उनको मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु प्रहरीले जनाएको छ।उनलाई मंगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा घाइते अवस्थामा भेटिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
