जसपाले चलायो कैँची, अध्यक्ष महन्थ ठाकुरसहित चौधरीसम्मका यी नेताहरु परे कारवाहीमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुलाई कारबाही गरेको छ।

निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपाको कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको हो।

Advertisement

बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबै नेतालाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो।

सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा ठाकुरको पक्षमा १६ जना उभिएका थिए। ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए।

ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।

महन्थ ठाकुर समूह

१ महन्थ ठाकुर
२ राजेन्द्र महतो
३ शरत् सिंह भण्डारी
४ अनिलकुमार झा
५ सर्वेन्द्रनाथ शुक्ल
६ वृषेशचन्द्र लाल
७ जितेन्द्रप्रसाद सोनार
८ उमाकान्त झा
९ चन्दा चौधरी
१० लक्ष्मणलाल कर्ण
११ राजकुमार लेखी
१२ केशबकुमार झा
१३ अकवाल अहमद शाह
१४ दानबहादुर विश्वकर्मा
१५ निर्जला राउत
१६ सुनीलकुमार झा

तटस्थ

१ रेशम चौधरी

More News last news
Loading...