योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए।यस्तै,आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ।

Advertisement

को हुन् पौडेल ?

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ। पौडेल काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन्।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ। डा स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए।

अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधी उपाधि प्राप्त गरेका उनले पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन्।

More News last news
Loading...