काठमाडौँ । टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन्। शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन्।
१९ वर्षीय सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन्। सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्।
इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउने छिन्। सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन्।
नेपालकी कल्पना परियारले रचिन् राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक गेम्सअन्तर्गत नेपालकी खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयरमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। शनिवार विहान भएको प्रतियोगितामा छनोट चरणमा प्रतिस्पर्धा गरेकी कल्पनाले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
कल्पनाले ६१६.८ स्कोर गरेर राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा भने छनोट हुन सकिनन्। छनोटबाट शीर्ष ८ खेलाडीले मात्र फाइनल खेल्नेछन्। उनी ५० जना खेलाडीमध्ये ४६ औं स्थानमा रहिन्। यस्तै नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी छिन्।
शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
