गण्डकीमा अन्ततः पौडेल पक्षलाई झड्का, देउवापक्षका थापालाई मन्त्रीको सपथ

पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसले मन्त्री बनाउने भनेको डोबाटे विश्वकर्मालाई मन्त्री नबनाउने भएको छ।

कांग्रेसले डोबाटेको नाम हटाएर विन्दुकुमारलाई मन्त्री बनाउने भएको हो।

Advertisement

यसअघि कांग्रेसले डोबाटेलाई मन्त्री बनाउने निर्णय गरेको थियो। शपथ लिनुभन्दा केही समयअघि मात्र मन्त्री बन्नेको नाम परिवर्तन गर्दै थापालाई मन्त्री बनाउने भएको हो।

डोबाटे कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् भने थापा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् ।

केन्द्रमा सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्रबीच पछिल्लो समय विवाद बढ्दै जाँदा यसको असर गण्डकी प्रदेशमा पनि देखिएको पौडेल निकट स्रोतले जनाएको छ।

More News last news
Loading...