एमालेका दुबै समूहका सांसदहरुले एकता अभियान थाले

काठमाडौँ । नेकपा एमालेका दुबै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गरेका छन्। सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकता दबाब अभियान शुरु गरेका हुन्।

विभाजन रोक्न संयुक्त अभियान चलाउने दुवै समूहका सांसदहरू सहमत भएका छन्। यो अभियानमा ओली तर्फबाट कृष्णप्रसाद दाहाल, डा सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटी लगायत छन्।

Advertisement

नेपाल तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढा लगायत सामेल छन्। ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं । एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सुनुवारले भने।

एकता आह्वानको अपील तयार पार्ने बाँकी सांसदहरुको हस्ताक्षर संकलन लगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ।

यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने सुनुवारले बताए।

More News last news
Loading...