सांसद् पदबाट राजीनामा दिने अमरेश कुमारको घोषणा

काठमाडौँ । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार राजीनामा दिने घोषणा गरेका छन्।

समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेलबाट असन्तुष्ट बनेका सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन्।

Advertisement

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, उनले भने, ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको पनि मेरो गम्भीर आपत्ति छ।’

उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको पनि बताए।

त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने उनको भनाइ छ। सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन्।

More News last news
Loading...