काठमाडौँ । नेपाली सेना संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति सैनिक पठाउने सूचीमा दोस्रो स्थानमा स्तरोन्नती भएको छ।
संयुक्त राष्ट्रसंघको १२ शान्ति स्थापनार्थ मिशनमा सहभागी नेपाली सेना राष्ट्र सङ्घको वरियता सूचीमा तेस्रो स्थानबाट अहिले दोस्रो स्थानमा उक्लिएको हो।
राष्ट्रसंघले विभिन्न मिसनमा फौजको सङ्ख्या घटाइरहेका बेला नेपालको राम्रो कार्य क्षमताका कारण सङ्ख्या थपको माग भइरहेको सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ तैनाथ करिब १२१ राष्ट्रमध्ये सङ्ख्याका आधारमा बङ्गलादेश, नेपाल, भारत, इथियोपिया र रुवान्डा क्रमश अग्रणी छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
