काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन्।
देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन्। मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन्।
देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन्।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्।
उनले विश्वास दिनुहोस भन्दै आइतबार प्रतिनिधिसभा समक्ष प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि भएको मतविभाजनमा प्रस्तावको पक्षमा १६५ मत पर्यो। विपक्षमा ८३ मत पर्यो।
प्रतिनिधिसभामा आइतबार २४९ जना सांसद उपस्थित थिए। माधव समूहका १० जना अनुपस्थित रहे। एक जना तथस्ट राप्रपाका राजेन्द्र लिंदेन बसे।
उनलाई काँग्रेस, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसद्ले विश्वासको मत दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
