काठमाडौँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधर चार सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्।
सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिएका हुन्। एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन्। आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेका हुन्।
उनले विश्वास दिनुहोस भन्दै आइतबार प्रतिनिधिसभा समक्ष प्रस्ताव राखेका थिए। सो प्रस्तावमाथि भएको मतविभाजनमा प्रस्तावको पक्षमा १६५ मत पर्यो। विपक्षमा ८३ मत पर्यो।
प्रतिनिधिसभामा आइतबार २४९ जना सांसद उपस्थित थिए। माधव समूहका १० जना अनुपस्थित रहे। एक जना तथस्ट राप्रपाका राजेन्द्र लिंदेन बसे।
उनलाई काँग्रेस, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र सांसद्ले विश्वासको मत दिएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
