काठमाडौँ । दोस्रो पटक पुनः स्थापित प्रतिनिधिसभाको बैठक अहिले जारी छ । जारी बैठकबाट प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत लिँदै छन् । देउवाले नेपाली काँग्रेस, नेकपा एमाले (माधव समुह), माओवादी केन्द्र, जनता समाजवादी पार्टी, दुई स्वतन्त्र सांसद्को मत पाउँदै छन् ।
राम्रा कामका लागि ओली सरकारलाई धन्यवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठकमा विश्वासको मत मागेका छन्। प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीको साढे तीन वर्षे कार्यकालमा भएका राम्रा कामहरुका लागि ओलीलाई धन्यवाद दिएका छन्। ओलीले हासिल गरेका अनुभवहरु उपयोगी हुने देउवाले बताए।
प्रधानमन्त्री देउवाले कमी कमजोरीहरू सच्याउँदै सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सत्तापक्ष र प्रतिपक्ष सबै दलहरु आपसमा मिलेर अगाडि बढ्न चाहेको बताए। देउवाले आफू संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री बनेको हुनाले विश्वासको मत दिन आग्रह गरे।
श्रीमान ५ को फैसलाबाट देउवा प्रधानमन्त्री भए: प्रदिप ज्ञवाली
नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले श्रीमान् ५ को फैसलाबाट शेरबहादुर देउवा प्रधानमन्त्री भएको आरोप लगाएका छन्। प्रतिनिधिसभा बैठकमा देउवालाई विश्वासको मत दिने कार्य शुरु हुनुअघि बोल्दै ज्ञवालीले माघ १९ को शाही कूको उदाहरण दिँदै पहिले श्री ५ बाट र अहिले श्रीमान् ५ बाट फैसला आएको आरोप लगाएका हुन्।
ज्ञवालीले सर्वोच्च अदालतले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेश ‘रेफ्रि’ ले आफैँ गोल हानिदिएको बराबर भएको बताएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
