काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
उनले आफू राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहेको भन्दै पुनःस्थापित प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि राजीनामा दिएका हुन्।
आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै अछाम क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित रावलले राजीनामा दिएका हुन् ।
एमालेको माधवकुमार नेपाल पक्षका नेता रावलले पार्टी एकताका लागि दश बुँदे सहमतिमा नेपालले नै सहयोग नगरेको आरोपसमेत लगाएका छन् ।
आज प्रधानमन्त्री शेर बहादुर देउवाले विस्वासको मत लिने कार्यतालिका छन् । यसैका विषयमा आज बिहानैदेखि छलफल भएपनि प्रधानमन्त्रीलाई पक्षमा भोट दिने कि विपक्षीमा बस्ने विषयमा कुरा नमिल्दा रावलले आवेगमा आएर राजीनामा बुझाएको नेपाल निकट स्रोतले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
