प्रधानमन्त्री देउवाले आजै संसदमा विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटानिकट स्रोतका अनुसार देउवाले आजै विश्वास मत लिने प्रधानमन्त्री देउवाको तयारी छ।

संसद सचिवालयका एक अधिकारीले पनि आज विश्वासको मत लिने अनौपचारिक जानकारी पाएको बताए।

Advertisement

‘अहिलेसम्म कुनै औपचारिक जानकारी आएको छैन। तर अनौपचारिक रूपमा हामीले थाहा पाएका छौं,’ ती अधिकारीले भने,‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा थप कुरा आउला।’

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै विश्वासको मत लिने तयारी गरेका हुन्।

यसअघि गत वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएका थिएनन्। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

More News last news
Loading...