देशभर बढ्यो कोरोना संक्रमण र मृत्युदर, कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६१३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ र ४ हजार ५६९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३० जना गरी जम्मा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ७७५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

Advertisement

यसअघि हिजो (बिहीबार) नेपालमा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने ३३ जना संक्रमितको ज्यान गएको थियो । पछिल्लो समय देशको राजनीतिक अवस्था परिवतसँगै देशभर कोरोना संक्रमण दर पनि बढ्न थालेको छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा २१, ओखलढुंगामा ३, खोटाङमा ४, झापामा १५१, ताप्लेजुङमा १, तेह्रथुममा ४, धनकुटामा १६, पाँचथर २, भोजपुरमा ७, मोरङमा २४६, संखुवासभामा ४, सोलुखुम्बुमा २ र सुनसरीमा २८४ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १०, बारामा २, महोत्तरीमा ७, रौतहटमा ४, सप्तरीमा १८, सर्लाहीमा ७ र सिरहामा ९ जनामा कोरोना पाइएको छ।

वाग्मती प्रदेशको काठमाडौंमा ३४३, काभ्रेमा १९, चितवनमा ५९, दोलखामा ९, धादिङमा ७, नुवाकोटमा ३५, भक्तपुरमा ६२, मकवानपुरमा ४९, रसुवा ४, रामेछापमा ७, ललितपुरमा १३६, सिन्धुली ४ र सिन्धुपाल्चोकमा ८ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १३८, गोरखामा ५, तनहुँमा १२, नवलपरासी पूर्वमा ४०, पर्वतमा १, म्याग्दीमा २, लमजुङमा ९, बागलुङमा ३ र स्याङजामा ८ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा ३, दाङमा ११, नवलपरासीमा ६, पाल्पामा १५, प्युठानमा ५, बर्दियामा २, बाँकेमा ७, रोल्पामा १ र रुपन्देहीमा ४४ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा २, कालिकोटमा ५, हुम्ला ६, डोल्पा १, रुकुम पश्चिममा १, सल्यानमा १ र सुर्खेतमा ३५ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा २७, कैलालीमा ५१, दार्चुलामा १, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...