मैले चढ्ने गाडी कति मूल्यको हो, मलाई नै थाहा छैनः मुख्यमन्त्री राई

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूले चढ्ने गाडी कति मूल्यको हो भने आफूलाई नै थाहा नभएको जिकिर गरेका छन्।

प्रदेशसभाको २१ औ बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका विषयको जवाफ दिने क्रममा मुख्यमन्त्री राईले आफू सवार गाडी कति मूल्यको हो भनेर आफूलाई जानकारी नभएको भन्दै अब भने मूल्यको बारेमा जानकारी लिने जवाफ फर्काए।

Advertisement

सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै मुख्यमन्त्री राईले महँगो मूल्यको गाडी खरिद गरेको भन्दै प्रदेशसभा बैठकमा सभासद्ले मुख्यमन्त्रीसँग जवाफ माग गरेका थिए।

मुख्यमन्त्री राईले प्रदेश सरकारले सवारी साधन खरिद गर्दा गाडी मोह भने देखाउन नहुने बताए। तर उनले नै प्रदेश सरकारले बनाएको कार्यविधिलाई लत्याउँदै ३ करोड १९ लाख ७३ हजार रुपैयाँको टोयोटा ‘प्राडो’ खरिद गरेका छन्।

​प्रदेश सरकारले तयार पारेको कार्यविधिले मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीलाई १ करोड मूल्य बराबरको सवारी साधन खरिद गर्ने मापदण्ड तोकेको छ।

यसबाहेक मुख्यमन्त्री शेरधन राईले आफू चढ्नका लागि निसान कम्पनीको ३८ लाख २५ हजारको कारसमेत किनेका छन्।

More News last news
Loading...