जिपी फाउण्डेशन विचार तथा अनुसन्धान विभागको निर्देशकमा पत्रकार नेपाल नियुक्त

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशनको विचार तथा अनुसन्धान विभागकोे निर्देशकमा पत्रकार जगत नेपाल नियुक्त भएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्मृतिमा स्थापित फाउण्डेशनको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार नेपाललाई दुई वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।

Advertisement

फाउण्डेशनका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र गिरिजाबाबुको योगदानका विषयमा अध्ययन अनुसन्धान गर्नका लागि अनुसन्धानकर्ता एवं पत्रकार नेपाललाई उक्त विभागको जिम्मेवारी प्रदान गरिएको हो।

पत्रकार नेपालले गिरिजाबाबुको नेतृत्वमा भएको जहाज अपहरणलाई समेटेर ‘हाइज्याकिङ फर डेमोक्रेसी’ र ‘राजद्रोही राजनेता’ वृत्तचित्र निर्माण गरिसकेका छन् । पत्रकार नेपालले स्व. कोइरालाको लाइभ अन्तवार्ता लिनाका साथै उनको जीवनीलाई समेटिएको पुस्तक ‘आफ्नै कुरा’ प्रकाशनमा ल्याएका छन् ।

विसं २०५४ देखि पत्रकारितामा सङ्लग्न नेपाल रत्नराज् लक्ष्मी क्याम्पसका उपप्राध्यापक समेत हुन्। जिपी कोइराला फाउण्डेशनले पछिल्लो समय मुलुकको शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

फाउण्डेशनले नेपालबाहेक विभिन्न देशमा आफ्नो शाखा विस्तार गरी सामाजिक काम गर्दै आएको छ।

More News last news
Loading...