काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्नेछ।
सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ।आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ।
उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन्। यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन्।
इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन्। सो समूहबाट एक-एक जना सचिव बन्नेछन्।
यता प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा. दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का भएको छ।
मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरु गर्ने समेत जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
