दुई महीनापछि नेपालमा आन्तरिक उडान नियमित हुँदै

काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रका लागि निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान दुई महीनापछि आजदेखि शुरु हुने भएको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो।

Advertisement

उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन। हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ।

बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ। यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ।

दुर्गम भेगमा उडाउने कम्पनीले भने काठमाडौँबाट दैनिक ८ वटा उडानको अनुमति पाएका छन्। अहिले काठमाडौँबाट तारा एयर र समिट एयरले मात्र दुर्गममा उडान गर्दै आएका छन्।

सीता एयरले दुर्गममा उडाउने भएपनि उसले क्षेत्रीय विमानस्थललाई आधार बनाएर दुर्गममा सेवा दिइरहेको छ।

हवाई यात्रा गर्ने यात्रुले तोकिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ। कोरोनाका लक्षण देखिएका यात्रुले जहाज चढ्न पाउने छैनन् भने मास्क अनिवार्य गरिएको छ।

More News last news
Loading...