एनटिसीका मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखियो

काठमाडौँ । नेपाल टेलिकम (एनटिसी)का मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको छ। बुधबार बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्याले सेवाग्राही तनावमा परेका छन्।

मोबाइल नम्बर डायल गर्नासाथ कल सकिएको संकेत देखिने गरेको छ। यसो हुनुको कारण खुलेको छैन।

Advertisement

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए ।

‘हाम्रा धेरै सिस्टम छन्, कहाँनिर समस्या आयो भन्ने पत्ता लागिसकेको छैन । प्राविधिक साथीहरुले समस्या समाधानका लागि काम गरिरहनु भएको छ,’ उनले भने ।

उनका अनुसार बिहान साढे ६–७ बजेदेखि फोन नलाग्ने समस्या आएको हो। एनटिसीमा समस्या आएपछि सामाजिक सञ्जालमा पनि यो विषयले निकै चर्चा पाएको छ।

फेसबु्क तथा ट्वीटर प्रयोग कर्ताले एनटिसीमा फोन नलाग्ने समस्या देखिएको बताउँदै विभिन्न पोस्ट गरेका छन्।

More News last news
Loading...