कोरोना भ्याक्सिनले शरीर ‘चुम्बक’ बनाएको दाबी, के यो सम्भव छ ?

काठमाडौँ । कोरोना भ्याक्सिनको असरको विषयमा विभिन्न प्रकारका कुरा आइरहेका छन्, कतिलाई भ्याक्सिन लगाएपछि ज्वरो आउँछ, कसैलाई आउँदैन।

कतिलाई अरु पनि महसुस हुन्छन्, कतिलाई केही पनि फरक लाग्दैन। तर भ्याक्सिनको असरको विषयमा भारतको नासिकका एक व्यक्तिले निकै चकित पारिदिने दाबी गरेका छन्।

Advertisement

नासिकका अरविन्द सोनारका अनुसार भ्याक्सिनको दुई डोज लगाएपछि उनको शरीरले चुम्बक झैं काम गरिरहेको छ । तर जानकारले भने भ्याक्सिनेसनका कारण यस्तो हुन नसक्ने बताए।

अरविन्द सोनारले आफ्नो दाबीको वास्तविकता व्यक्त गर्नका लागि एउटा भिडियो सोसल मिडियामा पोस्ट गरेका छन् जसमा उनको शरीरमा सिक्का र फलामका सामान टाँस्सिएको देखिएका छन्। यो भिडियो सोसल मिडियामा भाइरल भएको छ।

उनले भने, ‘म आफ्नो छोरासँग यत्तिकै कुरा गरिरहेको थिएँ। मैले कुराकानीकै बीच एउटा यस्तो खबरबारे कुरा गरे जसले मलाई चकित बनायो। छोराले भ्याक्सिन लगाएपछि मानिसको शरीरमा स्टिलका वस्तु टाँस्सिन थाल्छन् भन्यो र होला त भनेर हेर्दा त मेरो पनि त्यस्तै भइरहेको थियो।’

सोनारका अनसार उनले चार पाँच दिन अघि एक नीजि अस्पतालमा कोभिड भ्याक्सिनको दोस्रो डोज लिएका थिए र उनलाई कुनै प्रकारको समस्या देखिएको थिएन ।

के भन्छन् जानकार ?

अरविन्द सोनारले कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज मार्च ९ मा लिएका थिए र दोस्रो डोज जून २ मा। १० वर्ष अघि उनको बायपास शल्यक्रिया भएको थियो। दुई वर्षदेखि उनको मधुमेहको उपचार चलिरहेको छ। जब अरविन्द सोनाको शरीरमा फलाम र स्टिलका चिज टाँस्सिन थाले तब उनले आफ्ना डाक्टरलाई यसबारे बताए।

सोनारको दाबी कति वास्तविक हुनसक्छ, यो बुझ्नका लागि बीबीसी मराठीले अन्धश्रद्धा निर्मूलन समितिका डाक्टर हामिद दाभोलकरसँग कुराकानी गरे।

डाक्टर दाभोलकरले भने, ‘शरीरमा सिक्का र भाँडाकुँडा टाँस्सिनु भौतिक विज्ञानको हिसाबले सम्भव छ। यदि छाला ओसिल छ र टाँस्सिनले स्थानमा भ्याक्यूम क्याभिटी बनेको खण्डमा यो सम्भव छ। तर यसलाई खोपसँग जोड्नु सही होएन। हामीसँग काम गर्ने थुप्रै मानिसहरुले यस्तो दाबीको वास्तविकतालाई उजागर गरिरसकेका छन्। ’

दाभोलकरका अनुसार खोप अभियान कोरोनाविरुद्ध महत्वपूर्ण हतियार हो। यस्तोमा यसको विषयमा कुनै पनि सनसनीखेज दाबीबाट बच्नुपर्छ। जेजे मेडिकल कलेजका डीन डा तात्यारावे लहानेले पनि सोनारको दाबी खारेज गरेका छन्।

उनले भने, ‘संसारभरी एक अर्बभन्दा मानिसलाई भ्याक्सिन दिइसकिएको छ । कोभिड भ्याक्सिन र शरीरमा स्टिल र फलामका सामान टाँस्सिनुमा कुनै सम्बन्ध छैन । यसलाई भ्याक्सिनसँग जोडेर हेरिनु हुँदैन । भ्याक्सिनमा त्यस्तो कुनै पनि चिज हुँदैन।’

More News last news
Loading...