जेठ ३१ बाट रोकिएका परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको निर्णय

काठमाडौँ । जेठ ३१ बाट रोकिएका परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयले निर्णय गरेको छ। पोखरा विश्वविद्यालयले जेठ ३१ गते देखि परीक्षा सञ्चालन गर्ने निर्णय लिएको हो।

पछिल्लो ऐकेडेमीक परिषद्को बेठकले आठौं समेष्टरको परीक्षा जेठ ३१ गते देखि सञ्चालन गर्ने निर्णय गरेको हो। सुरुमा आठौं समेस्टरको परीक्षा सञ्चालन गर्ने र त्यसको एक दुई दिन तलमाथि पारेर सातौं समेष्टरको व्याक पेपरको पनि परक् सञ्चालन गरिने पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेम नारायण अर्यालले बताउनुभयो।

Advertisement

अर्यालका अनुसार परीक्षा सञ्चालन नहुँदा विद्यार्थीलाई मर्का परेकोले अनलाइन बाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको र अरु रेगुलर सेमेष्टरकोे हकमा इन्र्टनल असाइनमेन्ट सकेर मात्र परीक्षा बारे निर्णय गरिने बताउनुभयो ।

अर्यालले भन्नु भयो “अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्ने निणयको सन्दर्भमा ७० प्रतिशत लिखित परीक्षा हुने र ३० प्रतिशतको मौखिक परीक्षा हुने छ।”

लिखित परीक्षाको हकमा विश्वविद्यालयले प्रश्न तयार गरेर १ घण्टा अगाडि मात्र कलेजाई पठाइने र १५ मिनेट अगाडी कलेजले परीक्षार्थीलाई प्रश्न उपलब्ध गराउने छ।

विद्यार्थीले प्रश्न पत्र पाएपछि तोकिएको समय भित्र उत्तर पुस्तिकाको सफ्ट कपि उल्लेखित इमेलमा पठाउनु पर्ने छ। समय सिमा भन्दा पछि पठाइएको उत्तर पुस्तिकालाई विश्वविद्यालयले मान्यता नदिइने जनाएको छ। प्रश्नको मोडेल साविकको भन्दा केहि फरक हुनेछ।

त्यसै गरी परीक्षार्थीले ३० प्रतिशतको मौखिक परीक्षा पनि दिनु पर्ने छ। मौखिक परीक्षा लिदा भिडियो कल मार्फत विद्यार्थीलाई प्रश्न सोधिने छ।

रेकर्डिङ गरिने भिडियो कलमा विश्वविद्यालयको तर्फबाट एकजना प्रतिनिध, केन्द्राध्यक्ष र एक जना कलेजबाट विषय शिक्षक रहने व्यवस्था गरिएको छ।

More News last news
Loading...