कालो ढुसीको संक्रमणबाट नेपालमा थप एक जनाको ज्यान गयो

धनगढी । कालो ढुसी (म्यूकर माइकोसिस) को संक्रमणबाट कैलालीमा एकजनाको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको विहीवार मृत्यु भएको हो।

Advertisement

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोका थिए। बुधबार उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए।

मृतक मिर्गौला, मधुमेह र मुटुका रोगी रहेको डा. कमरले बताए। आईसीयूमा राखेर उपचार थालिए पनि उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भएको हो।

मृतक पुरुषको जेठ १८ गते पीसीआर परीक्षण गरिएको थियो। तर उनको रिपोर्ट नेगेटिभ आयो। यसअघि वीरगञ्जमा कालो ढुसीका कारण ३ जनाको ज्यान गएको छ।

More News last news
Loading...