काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ। शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब बढेको घोषणा गरेका हुन्।
यो तलब साउन १ गतेदेखि लागू हुनेछ। संसद्का दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्न लागेको हो ।
त्यस्तै सरकारले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई एक महिनाको प्रवेशाज्ञा (भिसा) निःशुल्क उपलब्ध गराउने भएको छ।
शुक्रबार सिंहदरबारबाट आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निशुल्क उपलब्ध गराइने बताए।
पर्यटन प्रवर्द्धन र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको उत्थानका लागि निजामती कर्मचारीलाई १० दिनको तलब बराबरको पर्यटन कागज दिइने पनि मन्त्री पौडेलले जानकारी दिए।
सरकारले आगामी आर्थिक वर्षमा थप सामाजिक सुरक्षा योजनालाई विस्तार गर्ने लक्ष्य सहित १४ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।
सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरूलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ। यस्तै महिला तथा जेष्ठ नागरिकको स्वास्थ्य उपचारमा १ अर्ब २० करोड विनियोजन गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
