निषेधाज्ञा अवधिभर बिजुली महसुलमा छुट

काठमाडौँ । सरकारले निषेधाज्ञा अवधिभर बिजुलीको महसुलमा छुटको व्यवस्था गरेको छ। आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन्।

उनकाअनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खपत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यवस्था गरिएको हो।

Advertisement

यस्तै मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री पौडेलले बताए।

त्यस्तै, निषेधाज्ञामा साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिंचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने व्यवस्था मिलाइएको बताए।

उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र क्षेत्रलाई निषेधाज्ञा अवधिभर विद्युतको डिमान्ड शुल्क छुट दिने पनि बताए।

त्यस्तै सरकारले पिउने पानी निर्यात गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भएको छ। निर्यात गर्ने निजी क्षेत्रलाई करमा छुट दिनेसम्मका योजना सरकारले बनाएको छ।

More News last news
Loading...