विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कोरोना भाइरसको सङ्क्रमण भएपछि उनको फोक्सोमा समस्या देखिएको डाक्टरले बताएका छन्।

थापाको स्वास्थ्य अवस्था जटिल बनेपछि उपचारका लागि सहयोगको अपिल गरिएको छ। सङ्कलित रकम र खर्चबारे पछि स्वयंसेवीले सार्वजनिक गर्ने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बताए।

Advertisement

थापाको स्वास्थ्य उपचारका लागि सहयोग गर्न आलोक सुवेदीलाई कुमारी बैँक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग सङ्कलन गर्न सकिने मिश्रले बताएका छन्।

साथै खल्ती र ई–सेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा पनि सम्पर्क गर्न सकिने उनले बताए ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थापा काठमाडौँ क्षेत्र नम्बर ५ बाट चुनाव लडेका थिए । त्यस क्षेत्रमा वर्तमान उपप्रधानमन्त्री इश्वर पोखरेल निवाचित भएका थिए ।

More News last news
Loading...