नेपालमा आज पनि नयाँ कोरोना संक्रमित भन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । नेपालमा लगातार तेस्रो दिन पनि नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ। पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन्।

२० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ।

Advertisement

जसमध्ये हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ। यही अवधिमा थप ९ हजार ८४१ जना निको भएका छन्। हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन्। नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ।

त्यस्तै, थप ९६ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ।त्यस्तै काठमाडौँ उपत्यकामा एकै दिन २३ सयभन्दा बढी संक्रमित थपिएका छन्।

यसमध्ये काठमाडौँ जिल्लामा मात्र १७ सय ९६ संक्रमित फेला परेका छन्। त्यस्तै, ललितपुरमा ३१५ जना तथा भक्तपुरमा २१३ जना संक्रमित थपिएका छन्।

More News last news
Loading...