काठमाडौँ । नेकपा एमालेले खनाल-नेपाल समूहका ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ।
सोमवार (आज) बसेको नेकपा स्थायी कमिटी बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावललगायत ११ जना प्रतिनिधि सभा सदस्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो।
गएको शनिवार स्पष्टीकरण मागिएकाहरूले स्पष्टीकरण नबुझाएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर कारबाही गरिएको एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए।
सांसदहरू नेपाल, खनाल र रावलसहित रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण,निरादेवी जैरु,पुष्पा कर्ण कायस्थ र कल्याणीकुमारी खड्कालाई समेत एमालेले कारबाही गरेको हो।
यसैबीच नेकपा एमालेका २३ सांसदले आफ्नै पार्टीको अध्यक्षको कदमविरुद्ध उभिएर सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा हस्ताक्षर गरेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने र प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने रिट निवेदनमा उनीहरूले हस्ताक्षर गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
