राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीरमा गोबर पोतेको आरोपमा एक जना पक्राउ

काठमाडौँ । संसद विघटनको विरोधमा प्रर्दशन गरेको अभियोगमा नेपाल विद्यार्थी संघका एकजना नेता पक्राउ परेका छन्।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो।

Advertisement

त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरमा गोबर छ्याप्दै प्रदर्शन गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त, बानेश्वरको हिरासतमा राखिएको छ।

यसैबीच, त्रिपाठीलाई विनाशर्त रिहाइ गर्न नेविसंघ महामन्त्रीद्वय दीपक भट्टराई र बलदेव तिमल्सिनाले माग गरेका छन्।

महामन्त्री बलदेव तिमिल्सिनाले भने,’नेविसंघले राष्ट्रपति र प्रधानमन्त्रीले मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमको विरुद्ध प्रतीकात्मक विरोधस्वरुप प्रतिगमनका मतियार, दिमागमा गोबर भरिएका विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रम नयाँ बानेश्वरमा १० बजे राखेको थियो।

‘तर उक्त कार्यक्रम गर्न लाग्दा प्रहरीले नेपाल विद्यार्थी संघका साथीहरुमाथि प्रहरी हस्तक्षेप गर्‍यो। सोही क्रममा संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट पक्राउ घोर भर्त्सना गर्दै विनासर्त तत्काल रिहाइको लागि जोडदार माग गर्दछौँ।’

More News last news
Loading...