माधव नेपालसहित यी ११ जनासँग एमालेले स्पष्टीकरण सोध्ने

काठमाडौँ । नेकपा एमालेको आकस्मिक स्थायी समिति बैठकले माधवकुमार नेपालसहितका ११ जना नेताहरुलाई ११ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

उनीहरुले विपक्षीहरुसँग मिलेर सरकार बनाउने प्रयास गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

Advertisement

कारवाहीस्वरुप स्पष्टीकरण सोधिएकाहरुमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी खड्का रहेका छन्।

आज बसेको स्थायी समिति बैठकले उनीहरुलाई स्पष्टीकरण सोधेको हो। उनीहरुलाई सोमबार बिहानसम्मको समय दिइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

‘विपक्षी दलका नेताको पक्षमा हस्ताक्षर गरेकामध्ये कतिले हामीले हस्ताक्षर गरेको छैन भनेर वक्तव्य दिनुभएको छ। कतिले माधवकुमार नेपालले प्रधानमन्त्री बन्ने वातावरण बन्यो त्यसका लागि समर्थन गर्नुस् भनेका कारण उहाँलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि हस्ताक्षर गरेका हौं, शेरबहादुर देउवाको लागि सहमति छैन भनेर बाहिर प्रतिक्रिया दिनु भएको छ,’ ज्ञवालीले भने।

‘केहीले बेग्लै प्रयोजनका लागि लिइएको हस्ताक्षर दुरुपयोग गरियो भन्नु भएको छ । त्यसैले अहिले ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं । बाँकी साथीहरुसँग बेग्लै छलफल गरेर यथार्थ के हो बुझ्छौं ।’

More News last news
Loading...