आगामी साता चन्द्र ग्रहणसँगै सुपर फ्लावर मून देख्न पाइने, यी स्थानबाट सकिन्छ हेर्न

काठमाडौँ । एकपटक संसारले फेरि सुपरमून हेर्ने अवसर प्राप्त गर्दैछ। हालै पिंक सुपरमून देखिएको थियो तर, यसपटक भने ब्लडमून हेर्ने अवसर प्राप्त हुँदैछ। यस चन्द्रग्रहण आगामी हप्ता देखिंदैछ । यसपटक चन्द्रमा रातो तथा ठूलो देखिनेछ।

आगामी २६ मे मा वर्षको अन्तिम ब्लडमून देखा पर्दैछ । जो टोटल लूनर इक्लिप्सको नामले समेत चिनिन्छ।

Advertisement

रिर्पोटका अनुसार उक्त चन्द्रग्रहण अमेरिकाको साथै अष्ट्रेलिया तथा दक्षिण अमेरिकाको पश्चिमी भाग अनि दक्षिण पूर्व एशियामा देखिने छ। उक्त ब्लडमून त्यसबेला देखिनेछ जब चन्द्रमामा पृथ्वीको छायाँ पर्न जान्छ । जसले गर्दा आकाशमा रातो रंगको प्रकाश देखिनेछ।

ब्लडमून संसारको विभिन्न भागबाट देखिने छ। छिमेकी मुलुक भारतमा भने यो चन्द्रग्रहण केवल पाँच मिनेट मात्र देखिन्छ । तर, बाँकी संसारमा भने यस चन्द्रग्रहण १४ मिनेट ३० सेकेण्डका लागि देखिन्छ ।

जब पृथ्वीले वायुमण्डलको स्पर्श गर्छ त्यसबेला सूर्यको किरण भन्दा धेरै वेवलेन्थ वाला रातो तथा नौरंगी प्रकाशमा चन्द्रमा डुुबुल्की मार्छ । यसलाई नै ब्लडमून भनिन्छ । यसबेला चन्द्रमा रातो, नौरंगी तथा कलेजी रंगको पनि हुने गर्छ ।

बेलायतमा यसलाई फ्लावरमून भनिन्छ । मे महिनामा फूल फुल्न सुरु हुने हुँदा पनि यसलाई फ्लावरमून भनिएको हो।

ग्रिनिचको रोयल अब्जर्भेटरीका अनुसार खग्रास चन्द्र ग्रहण दुईदेखि तीन वर्षमा एकपटक देखिने गर्छ । यही अप्रिल २६ मा सुपर पिंकमून देखिएको थियो।

More News last news
Loading...