नेपालमा थप ८ हजार ९८० जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

देशभर ७४८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ३८९ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन्।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ। हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ।

More News last news
Loading...