प्रधानमन्त्रीका लागि दुई जनाको दाबी, कसको पक्षमा कति सांसद् ?

काठमाडौँ । प्रधानमन्त्रीमा दाबीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा दुई वटा दाबी परेका छन्। प्रधानमन्त्रीमा दाबी गर्नका लागि शुक्रबार बेलुका ५ बजेसम्मको समय दिइएको थियो।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका छन्। उनले कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसदहरुको हस्ताक्षर सहित दाबी गरेका हुन्। दाबी प्रस्तुत गरेर उनी सहितको टोली ५ बज्नुभन्दा केही मिनेटअघि मात्रै बाहिरिएको थियो।

Advertisement

त्यस्तै, बिहीबार मात्रै बहुमत जुटाउन नसक्ने निष्कर्षका साथि मार्ग प्रशस्त गरेको बताएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बहुमत सांसदको हस्ताक्षर बुझाएका छन्।

उनले बुझाएको हस्ताक्षरमा भने एमालेका १२१ सांसदको हस्ताक्षर आफैंले र जसपाका ३२ जनाको सांसद महन्थ ठाकुर र राजेन्द्र महतोले हस्ताक्षर गरेको बताइएको छ।

‘नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गर्नु भएको छ’, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले ट्विटरमार्फत जानकारी गराएका छन्, ‘दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ।’

तर जसपाका ३२ सांसदमध्ये भट्टराई/यादव पक्षले भने ओलीको विकल्पको लागि निकै अघिदेखि पहल गरिरहेका थिए।

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षका २७ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका छन्।

शुक्रबार दिउँसो उनीहरुले देउवाको पक्षमा हस्ताक्षर गरेका हुन्। शुक्रबार देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसदहरू २७ वैशाखमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा अनुपस्थित थिए।

देउवाका पक्षमा हस्ताक्षर गर्ने एमालेका २७ सांसद :

१ योगेश भट्टराई
२ झलनाथ खनाल
३ पवित्रा निरौला खरेल
४ भवानी खापुङ
५ यज्ञराज सुनुवार
६ गणेश पहाडी
७ विरोध खतिवडा
८ कृष्णलाल महर्जन
९ माधवकुमार नेपाल
१० जीवनराम श्रेष्ठ
११ नारायण खतिवडा
१२ घनश्याम भुसाल
१३ गोकर्ण विष्ट
१४ सोमप्रसाद पाण्डे
१५ मेटमणी चौधरी
१६ झपट रावल
१७ भीमवहादुर रावल
१८ दिपकप्रकाश भट्ट
१९ सुरेन्द्र पाण्डे
२० रामकुमारी झाँक्री
२१ सरला यादव
२२ पुष्पाकुमारी कर्ण
२३ कल्याणी खड्का
२४ निरादेवी जैरु
२५ कलिला खान
२६ लक्ष्मीकुमारी चौधरी
२७ मुकुन्द न्यौपाने

More News last news
Loading...