काठमाडौँ । राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ। स्थानीय तहमा रामबहादुर थापा बादललाई डा। खिमलाल देवकोटाले उछिनेका छन्।
डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन्। २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन्। अब प्रदेशसभाको मत गन्न बाँकी छ।
खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ। बादलले पाएको मतभार १८५४ हुन्छ। डा देवकोटाले पाएको मतभार बादलको भन्दा ४५० बढी छ।
मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले बिहीबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै ३ बजेसम्ममा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको थियो।
उपनिर्वाचनमा प्रदेश सभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी जम्मा ३४८ जना मतदाता रहेकोमा प्रदेश सभा सदस्यतर्फ १०५ जना र स्थानीय तहतर्फ २३३ जना गरी जम्मा ३३८ जनाले मतदान गरेका छन् ।
यस मध्ये कोरोना भाइरस संक्रमित मतदाताको संख्या २५ जना रहेको छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तह सदस्य तर्फको मतभार १८ रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
