लमजुङमा फेरि भूकम्प, काठमाडौँसम्म धक्का

काठमार्डौँ । लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुश भएको छ।

Advertisement

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो। दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो।

उक्त कम्पन कास्की, तनहुँ, लमजुंग, धादिंग, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा लगायतका जिल्लामा पुगेको थियो ।

भूकम्पमा परि पाँच जना घाइते भएको जानकारी प्राप्त भएको छ। भूकम्पमा घर भत्काउँदा बेशींसहर नगरपालिकामा तीन जना र मर्स्याङ्दी गाउँपालिकामा दुई जना घाइते भएका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस्तै अहिलेसम्म १० वटा घर भत्किएको विवरण प्राप्त भएको पनि उनले बताएका छन्।

थप विवरण आउन बाँकी छ।

More News last news
Loading...