नेपालमा एकैदिन ९ हजार २४७ जनामा कोरोना पुष्टि, २१४ जनाको ज्यान गयो

काठमाडौँ । पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ।

Advertisement

यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। यो सँगै निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर बढ्दै गएपछि प्रायः जसो जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ।

More News last news
Loading...