काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।
यसअघि शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको ज्यान गएको थियो।
मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट १७९७१ र एन्टिजेन विधिबाट ५७७ जनाको परीक्षण गर्दा ८१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै सोही अवधिमा ५४८८ जनाले कोरोना जितेका छन्।
यससँगै देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ भने कुल संक्रमितको संख्या चाहिँ ४ लाख ४७ हजार ७०४ पुगेको छ।
हालसम्म संक्रमितमध्ये ४८५६ जनाको मृत्यु भएको छ भने बाँकी १ लाख ९ हजार ७४० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु होम आइसोलेशन र विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै २१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। देशभर ८१६७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा काठमाडौँमा मात्रै सो संख्यामा संक्रमित पुष्टि भएको हो।
यस्तै ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा संक्रमण पुष्टि भएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
