काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ।
जसपाले बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको हो। महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई दलको नेता छानिएको हो।
२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए। । भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराइने उनले बताए ।
योसँगै जसपाले महतोकै नेतृत्वमा आफ्नो पार्टीलाई ओली सरकारमा पठाउने तयारी गरेको छ।
एक वर्ष अगाडी समाजवादी पार्टी र जनता पार्टी एक भइ बनेको जनता समाजवादी पार्टीभित्र पछिल्लो समय तिब्र विवाद बढ्दै गएको छ ।
पार्टीका दुई अध्यक्ष महन्थ ठाकुर र अर्का उपाध्यक्ष उपेन्द्र यादव समुहबीच विवाद बढ्दै जाँदा पार्टी नै चिरा पर्ने स्थितीमा पुगेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
