कोरोनाबाट ज्यान गुमाउने संख्यामा नेपालले चीनलाई उछिन्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २०३ जनाको ज्यान गएको छ।

विभिन्न अस्पतालमा उपचाररत ती संक्रमितको पछिल्लो २४ घण्टामा ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार ६६९ पुगेको छ। यो संख्या कोरोनाको उद्‍गम मुलुक चीनको भन्दा बढी हो।

चीनमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ६३६ जनाको मात्रै ज्यान गएको तथ्यांक छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ।

यही अवधिमा ६ हजार १३५ जना निको भएका छन्। नेपालमा संक्रमितमध्ये ३ लाख २७ हजार ६५३ निको भएका छन्।

More News last news
Loading...