काठमाडौँ । नेपालमा थप ९ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बुधबार थप ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा देशभर २० हजार ३६२ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा ९ हजार २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जोगेश्वर गौतमले जानकारी दिए।
२४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरस संक्रमणको संकेत (एन्टिजेन पोजेटिभ) देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२५२ पुगेको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
