नेपालमा हुने अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्म बन्द

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ। प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो।

यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ। नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन्।

Advertisement

प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ।

नेपालमा कोरोना भाइरस संक्रमण बढेसँगै देशभरका प्राय जिल्लामा लकडाउन गरिएको छ। सरकारले काठमाडौँ उपत्यकामा जेठ १३ गतेसम्म लकडाउने लम्ब्याउने निर्णय गरेको छ।

पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट २२५ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

More News last news
Loading...