आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

सोमबार तोलामा २ सय रुपैयाँले बढेको सुन आज पनि पुनः प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। साताको तेस्रो दिन अर्थात आज पनि सुनको मूल्य केही बढेको हो।

More News last news
Loading...