नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना पुष्टि, ५३ को ज्यान गयो

काठमाडौँ । नेपालमा देशभर थप ८ हजार ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा शनिबार थप ८ हजार ४१८ जनामा कोरोना संक्रमण देखिएको हो।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५३ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या ३ हजार ६३२ पुगेको छ।

यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए।

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।

आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन्।

More News last news
Loading...