काठमाडौँ । नेपालमा दिन प्रतिदिन कोरोना भाइरस संक्रमितको नयाँ रेकर्ड बन्दै गएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा बिहीबार थप थप ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी २० हजार ३६७ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।
यस्तै, गत २४ घण्टामा ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा १०० जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजेटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन परीक्षणबाट गरी ९ हजार ७० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
