अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय

काठमाडौँ । सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले साझा सवाललाई जानकारी दिए।

Advertisement

त्यस्तै, अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ। शुक्रबार बसेको सीसीएमसी बैठकले भारत र ट्रकीलगायत कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस गरेको थियो।

यस्तै भारतसँगको हवाई सम्पर्क पनि विच्छेद गर्ने निर्णय भएको छ उनले भने ‘तर राष्ट्रिय अन्तर्राष्ट्रिय चार्टर उडानलाई बन्द गरिने छैन।’

More News last news
Loading...