कोरोना संक्रमणबाट नेपालमा एकै दिन २७ जनाको ज्यान गयो

काठमाडौँ । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २७ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घण्टामा २७ जनाको ज्यान गएको जानकारी दिएका हुन्।

उनका अनुसार २४ घण्टाभित्र ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए ।

शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।

यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन्। नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा कोरोना भाइरसको अवस्था भयावह भएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो।

More News last news
Loading...