काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्याले आजपनि नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा मात्रै थप ७२११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो। यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो।
शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन्। नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्।
पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा कोरोना भाइरसको अवस्था भयावह भएसँगै नेपालमा पनि त्यसको असर देखिएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
